काठमाडौ ,११ चैत्र ।
भक्तपुरको नगरकोटस्थित मनपोखरीमा मृत अवस्थामा भेटिएकी युवती भेनिशा लिम्बुको हत्यामा संलग्न रहेको आरोपमा महानगरिय प्रहरी अपराध महाशाखाटेकुले तीन जनालाई पक्राउ गरेको छ ।
अर्को एक जना भने अझै फरार छन् । पक्राउ पर्नेमा काठमाडौं बौद्ध निवासी सन्नी लामा, सन्जिव लामा, राजन राई रहेका छन् । कपन निवासी भेनिशा लिम्बु माग ८ गतेदेखि नै घरबाट सम्पर्क विहीन भएकी थिइन् ।
अभियुक्तहरु मध्ये सन्नी राई संग मृतक वेनिशाको अफेयर रहेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
अुनसन्धानको क्रममा अभियुक्तहरूसंगै भेनिशा राति ठमेलको हार्ड रक डिस्कोमा गएर रमाइलो गरेको र त्यसपछि बौद्ध गेटस्थित एक अपार्टमेन्टमा गएर बसेको खुलेको छ ।
अपार्टमेन्टको छैठौं तलामा रहेको कोठामा उनीहरु बसे । त्यहाँ भेनिशा र सनिले थप एक बोतल बियर खाए । त्यहाँ सनि र भेनिशाबीच सहमतिमा शारीरिक सम्पर्क समेत भएको प्रहरीको दाबी छ । त्यसबेला अपरिचित भनिएका व्यक्ति भने अर्को कोठामा सुतेको प्रहरी बताउँछ ।
केहीबेरपछि अपरिचित भनिएका ती व्यक्तिले सनि र भेनिशा बसेको कोठामा गई ढोका खोल्न भने । सनिले ढोका खोले । उनले सनिलाई कोठाबाट बाहिर जान भने । तर, भेनिशा लाई करणी गर्ने मनसायले आफूलाई बाहिर पठाउन खोजिएको ठानेपछि सनि र ती ‘अपरिचित व्यक्ति’बीच विवाद भयो ।
प्रहरीका अनुसार ती ‘अपरिचित व्यक्ति’ले जबर्जस्ती गर्न खोजेपछि भेनिशा भागेर ट्वाइलेटभित्र छिरिन् । उक्त अपरिचित व्यक्ति पनि ट्वाइलेटमै पसेको प्रहरी बताउँछ । भेनिशाले इन्कार गरेपछि ती ‘अपरिचित व्यक्ति’ले अपार्टमेन्टको छैटौं तलाबाट धकेलेर भुईंमा खसालि दिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार यौन सम्पर्क गर्न नमान्दा अपार्टमेन्टको छैठौं तलाबाट खसालिएकी भेनिशालाई अस्पताल लैजाने भन्दै सन्नी र फरार अभियुक्तले गाडीमा हालेर अपार्टमेन्टबाट निस्किएका थिए ।
तर, अस्पताल नलगेर रातभर गाडी मै उनलाई काठमाडौं वरपर नै घुमाइएको र सोही समयमा उनको गाडीमा नै मृत्यु भएपछि भेनिशाको शवलाई नगरकोट लगेर फालिएको थियो ।
एसएसपी खनालका अनुसार अभियुक्तहरुलाई सर्लाहीमा लुकिछिपि बसेको अवस्थामा महाशाखाको टोलीले पक्राउ गरेको हो । अन्य एक जना अभियक्त भने फरार रहेकाले खोजी कार्य जारी रहेको खनालले बताउनु भयो ।