काठमाडौ ११ चैत्र ।
आवश्यक हाजिरी अपुग्दा झापाका ३ सय ९ जना विद्यार्थी यस वर्षको एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । परीक्षामा सहभागी हुनका लागि कम्तीमा ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान छ
एसएलसी परीक्षाका लागि झापाका १ सय ४ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका ३ सय ९ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
यस वर्षको एसएलसी परीक्षामा झापाबाट १६ हजार ९ सय ८५ जना विद्यार्थी सहभागी हुने सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारीले जानकारी दिनुभयो ।
जसमा नियमित तर्फ १३ हजार ४ सय ९७ रहेका छन् भने आंशिकतर्फ तीन हजार ४ सय ८२ जना विद्यार्थी परीक्षामा सामेल हुदै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline