एएफसी टोलीले आज राखेप र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्दै

एएफसी टोलीले आज राखेप र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्दै

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ११ चैत्र ।  

एसियाली फुटबल महासंघ एएफसीको टोलीले आज राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्दैछ ।

नेपाली फुटबलमा देखिएको विवाद समाधानका लागि काठमाडौ आएका एएफसी टोलीले अपरान्न ४ बजे राखेपका अधिकारीहरुसँग भेट गर्ने तयारी भएको राखेपका सदस्य सचिव केशव विष्टले जानकारी दिनुभयो ।

एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सन्जिव बाला सिंघम नेतृत्वको सो टोलीले आजै खेलकुद मन्त्रालयका अधिकारीहरुसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

टोलीले राखेप र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग विवाद समाधान गरी नेपाली फुटबललाई चुस्त गतिमा अघि बढाउन आग्रह गरिने बताइएको छ ।

यसअघि हिजो सो टोलीले एन्फाका पदाधिकारीहरुसँग भेट गरी तत्काल साधरण सभा गर्न निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ