बेपत्तालाई सार्वजनिकीकरणको माग गर्दै बालुवाटार पुगेकाहरू प्रहरी नियन्त्रणमा

बेपत्तालाई सार्वजनिकीकरणको माग गर्दै बालुवाटार पुगेकाहरू प्रहरी नियन्त्रणमा

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, चैत्र ११
सरकारले द्वन्द्वपीडितका माग सम्बोधन नगरेको भन्दै द्वन्द्वपीडितहरूले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न खोज्ने द्वन्द्वपीडित साझा चौतारी नामक संस्थाका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न, दण्डहीनता अन्त्य गर्नलगायतका माग गर्दै मञ्चका सदस्यहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए ।

छैठौं सत्यको अधिकार दिवसको सन्दर्भमा द्वन्द्वपीडित साझा चौतारीले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको हो । धर्नामा बसेकाहरूले बेपत्ता नागरिक सार्वजनिक गर्न, मानव अधिकार सुनिश्चित गर्न र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय मानव अधिकारका घटनामा तीब्रता आएको र सरकारले दोषीलाई कारबाही नगरेको भन्दै उनीहरूले पीडितलाई न्याय दिन माग गरे ।

द्वन्द्वपीडितहरूको धर्नाका कारण बालुवाटार क्षेत्रमा केही समय ट्राफिक जाम भएको थियो । ट्राफिक व्यवस्थापन गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केही समय झडपसमेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ