ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ११ चैत्र ।  

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

स १ त ३२ ८८ नम्बरको ट्याक्टर आज बिहान इटहरी उपमहानगरपालिका १९ स्थित सशस्त्र प्रहरी बेसक्याम्प नजिकैको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चितवन नारायणगढका २५ वर्षीय गौरव राय क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका सई राजन पौडेलले जानकारी दिनुभयो । मृतक अर्का एक पुरुषको भने परिचय खुल्न सकेको छैन ।

घाइतेहरु भोजपुर रानीबासका ट्याक्टर चालक २१ वर्षीय प्रताप राई र उदयपुरका रोशन राईको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ट्याक्टर उदयपुरको रामपुर ठोकसिला मैनामैनीबाट गएराति ९ बजे बाँस लिएर इटहरीका लागि ट्याक्टर छुटेको थियो । रातभरी चलाउँदा अनिधो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ