आलु महोत्सव

आलु महोत्सव

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पोखरा, १० चैत । राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘साताँैं हेम्जा आलु महोत्सव’ हुने भएको छ ।

कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको भनाइ छ ।

पछिल्लो समय आलु गाउँको उपमा पाएको हेम्जाको आलुले राम्रो बजार लिन थालेसँगै यहाँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । हेम्जाको कुल क्षेत्रफल एक हजार ९७१ हेक्टर रहेको छ भने ६५० हेक्टरमा आलुखेती गरिन्छ । यहाँ एक हजार १५० घरपरिवार कृषिमा आधारित छन्, भने ६५० किसानले व्यावसायिक आलुखेती गर्ने गरेका बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी