भारतद्धारा बंगलादेश माथि एक रनको जीत

भारतद्धारा बंगलादेश माथि एक रनको जीत

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

चैत्र १० एजेन्सी । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा भारतले बंगलादेशलाई १ रनको झिनो अन्तरले पराजीत गरेको छ ।
भारतले दिएको एक सय ४७ रनको चूनौती पछ्याएको बंगलादेश ९ विकेट गुमाउदा १ सय ४५ रनमै समेटिए पछि भारतले जीत हात पार्यो ।
अन्तिम ओभरमा बंगलादेश सहज अवस्थामा थियो । उसका लागि ६ बलमा ११ रनको मात्र खाचो थियो र चार विकेट हातमा थियो ।
तर भारतका बलर हार्दिक पाण्डेले तीन विकेट झारे पछि बंगलादेश जीतको नजिक पुगेर पनि हार्यो ।
बंगलादेशका ओपनर तामिम ईकबालले सर्वाधीक ३५ रन बनाएका थिए ।
टस हारेर ब्याटीङको निम्तो पाएको भारतले कुल २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन जोड्यो ।
भारतका लागि सुरेस रैना ३०, बिराट कोहली २४ र शिखर धवनले २३ रन बनाउनु बाहेक अन्य व्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ