काठमाडौं, १० चैत्र । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले चीनबाट इन्धन आयतका लागि अब प्राविधिक कारण मात्र बाँकी रहेको दावी गर्नुभएको छ ।
रिपोर्टस क्लब नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले चीनबाट इन्धन आयतका लागि अब प्राविधिक कारण मात्रै बाँकी रहेको बताउनुभयो ।
नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताउनु हुदै उहाँले इन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत भइसकेको बताउनु भयो ।
उहाँले नेपाल र चीनबिच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गर्नुभएको छ । स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु नहुने उहाँको तर्क थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline