काठमाडौं, चैत्र १०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बोहराटारमा भएको भेटवार्तामा दुई नेताबीच १३ औँ महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
दुई नेताबीचको भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवं कार्यकर्ताको कामका आधारमा उचित मूल्यांकन गर्न आग्रह गरेका थिए ।
सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटवार्तामा १३ औँ महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा समेत छलफल भएको श्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline