काठमाडौ १० चैत्र । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेट अन्तरगत आजको पहिलो खेलमा अफ्गानिस्तान ईङल्याण्डसग‘ १५ रनले पराजीत भएको छ ।
राजधानी दिल्लीमा भएको खेलमा इंग्ल्यान्डले अफगानिस्तान सामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर खराब ब्याटिङ सुरुआत गरेको इंग्ल्यान्डले पुरै ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायो ।
जवाफमा उत्रिएको अफ्गानिस्तान शुरु देखि नै धराशायी भए पनि अन्तिम क्रमका ब्याटस्म्यानले राम्रो प्रदर्शन गरे पछि उसले प्रतिस्पर्धात्मक अवस्थामा खेललाई पुर्याएको हो ।
८५ रन जोड्दा ७ विकेट गुमाइसकेको इंग्ल्यान्डका लागी मोइन अली र डेभिड वाइलीले आठौं विकेटका लागि अविजित ५७ रनको साझेदारी गरेसँगै सम्मानित योगफल तयार पारेको हो ।
अफ्गानिस्तानका लागि साफिकुल्लाहले ३५ रन जोडेका थिए ।
अलीले ३३ बलमा ४१ तथा वाइलीले १७ बलमा २० रनको योगदान दिए । अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले समान २–२ विकेट लिए ।
आजै साझ पौने ८ बजे हुने हुने दोस्रो खेलमा बंगलादेश र आयोजक भारत भिड्ने छन् । अघिल्लो चरण प्रवेशका लागि भारतलाई आजको खेलमा जीत आवश्यक छ ।
पहिलो खेलमा न्युजील्याण्डसग‘ पराजीत भएको भारतले दोस्रो खेलमा पाकिस्तान विरुद्ध जीत निकालेको थियो । बंगलादेश दुवै खेलमा पराजीत भएकाले कठिन अवस्थामा छ । यस अघि गएराति सम्पन्न खेलमा न्युजील्याण्डले पाकिस्तानलाई २२ रनले पराजीत गरेको थियो ।