काठमाडौ १० चैत्र ।
सिरहाको कमला नदीबाट अवैध रुपमा ढुङ्गा उत्खनन गरी लगिरहेको अवस्थामा पाँचवटा ट्याक्टरलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले सिरहाको बडहरामाल बल्टिया–१ बाट ज १ त ७५००, ज १ त ६७८५, ज १ त ६९४१, ज १ त ७१९८ र ज १ त १७४५ नम्बरका पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ट्याक्टरलाई पुनः उत्खनन नगर्ने सर्तमा कागज गराई ढुङ्गा अनलोड गरी छाडिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline