एजेन्सी ९ चैत्र । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा न्युजील्याण्डले पाकिस्तानलाई २२ रनले पराजीत गरेको छ ।
यो पराजयसगै पाकिस्तानको सेमिफाईनल संभावना कमजोर बनेको छ ।
मोहालीमा गएराति सम्पन्न खेलमा न्युजील्याण्डले दिएको १ सय ८१ रनको चूनौती पछ्याएको पाकिस्तान पुरै २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनमा समेटिए पछि पाकिस्तान कमजोर बनेको हो ।
पाकिस्तानका लागि ओपनर सर्जिल खानले ४७ रनको प्रेरणादायी खेल पस्के पनि अन्य व्याटस्म्यान चल्न नसके पछि पराजीत हुन पुग्यो ।
कप्तान शहीद अफ्रीदी पनि ९ बलमा १९ रन बनाएर पेभिलियन फर्किए भने अहमेद शेहजाद २६ रनमा आउट भए पछि पाकिस्तान पछि परेको थियो ।
न्युजील्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधीक ८० रन जोडे भने टेलरले अविजीत ३६ रन जोडे । पाकिस्तानले अब अष्ट्रेलिया विरुद्ध खेल्न बाकी‘ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline