क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित

क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पोखरा, ८ चैत ।

बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्वब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई ‘मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गर्नुभएको छ ।

समाज सेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा सेनालाई प्रदान गरिने सो उच्च पदक क्या थापाले समाजसेवाका क्षेत्रमा प्राप्त गर्नुभएको हो ।

नेपालको पाँचदिने भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले महारानीका बक्स भएको सो पदक क्या थापालाई आज यहाँ रहेको ब्रिटिस गोर्खा नेपालको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदान गर्नुभयो ।

गोर्खा वेल्फेयर स्कीम कार्यक्रमअन्तर्गत क्या थापाले प्राविधिज्ञ भई करिब १९ वर्ष समाजसेवा गर्नुभएको थियो । यस क्रममा उहाँले सो स्कीमअन्तर्गत ग्रामीण क्षेत्रमा ७४ विद्यालय र ४५ हजार घरधुरीका करिब दुई लाख ७५ हजार जनतालाई ९०० योजनामार्फत पिउने पानीको उपलब्धता पु¥याउनुभएको थियो ।

राजकुमार ह्यारीबाट पदक ग्रहणपश्चात् क्या थापाले आफूले गरेका समाजसेवालाई बेलायती महारानीबाट कदर भएकामा खुसी व्यक्त गर्नुभयो ।

राजकुमार ह्यारीले आज नै अफगानिस्तानमा वीरगति प्राप्त गरेका ब्रिटिस गोर्खाको सम्झनामा कार्यालमा राखिएको स्मारकमा श्रद्धासुमन अर्पण तथा परिवारका आफन्तजनसित भलाकुसारी गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ