प्रधान सेनापति राजेन्द्र क्षत्रीले दिए राजकुमार ह्यारी’लाई खुकुरी उपहार

प्रधान सेनापति राजेन्द्र क्षत्रीले दिए राजकुमार ह्यारी’लाई खुकुरी उपहार

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ९ चैत ।

नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’लाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज नेपाली खुकुरी उपहार प्रदान गर्नुभएको छ ।

नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पूरा भएका अवसरमा बेलायती महारानीको प्रतिनिधिका रुपमा सद्भावना सन्देश लिएर नेपालको पाँचदिने औपचारिक भ्रमणका यहाँ आउनुभएका ‘ह्यारी’लाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका तर्फबाट सम्झनास्वरुप खुकुरी उपहार प्रदान गरिएको हो ।
काठमाडौँ उपत्यका बाहिर बर्दिया, लमजुङ र पोखराको भ्रमण सकेर यहाँ फर्किनुभएका ‘ह्यारी’लाई विमानस्थलमा स्वागत गर्दै गोर्खालीको विरताको पहिचान दिने हतियार प्रदान गरिएको हो ।
सो अवसरमा राजकुमार ‘ह्यारी’ले नेपाली सेनाको प्रशंसा गर्दै आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

राजकुमार ‘ह्यारी’ र प्रधान सेनापति क्षत्रीबीचको भेटले द्विपक्षीय हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ