ह्यारीको टिमले जीत्यो भलिवल ( तस्वीर सहित )

ह्यारीको टिमले जीत्यो भलिवल ( तस्वीर सहित )

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

लमजुङ, ९ चैत । छात्रा मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन् तर मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो ।

गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रनुभएको थियो । राजकुमारका साथमा सोही विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा टकबहादुर थापा, उमेश गुरुङ, जयप्रसाद गुरुङ, प्रियसी गुरुङ लगायत थिए ।

भूपू गोर्खाका क्याप्टेन बालकृष्ण गुरुङले नेतृत्व गर्नुभएको अर्को टोली वेलफेयर स्किममा छात्रछात्रा युवराज गुरुङ, मोती थापा, मनोज गुरुङ, जुन थापा, कल्पना गुरुङले साथ दिएका थिए ।

हकी खेलका खेलाडी र भलिबलका सोखिन ३२ वर्षीय ह्यारीको टोलीले स्किमलाई ३५ मिनेटमा २५–१९ ले पराजित गरेको थियो ।

गत वैशाखको भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको अवलोकन र नवनिर्माणबारे जानकारी लिएपछि शारीरिक अभ्यास गर्दै ह्यारी मैदान उत्रनुभएको थियो । ह्यारी मैदान प्रवेश गर्दा विद्यालयका छात्रछात्राले ताली बजाएर स्वागत गरेका थिए । खेलपछि उहाँले आफ्नो टोलीमा सहभागीसँग तस्बिर खिँचाउनुभयो ।

यसअघि ह्यारीले भूकम्पले क्षति पु¥याएका कक्षा कोठा र यही चैतमा सुरु हुन लागेको प्रवेशिका परीक्षाको तयारी कक्षामै प्रवेश गरी विद्यार्थीलाई ह्यारीले भन्नुभयो ‘डि स्टडी एन्ड बेस्ट अफ लक । ’
लमजुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले राजकुमारबाट भलिबल खेलमा सहभागी भई विद्यार्थीलाई अध्ययनमा थप उत्साह जनाइएको प्रतिक्रिया दिनुभयो ।

यसैगरी विद्यालयका प्राचार्य उत्तममान गुरुङले राजकुमारलाई विद्यालयमा स्वागत गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताउनुभयो ।

यसअघि ह्यारी गाँैडा गासिसको लुरानीबाट एक घन्टाको पदयात्राबाट ओखरे आइपुग्नुभएको थियो । पदयात्राका क्रममा ह्यारीले आफूलाई अनुपम प्राकृतिक सुन्दरताले लोभ्याएकाले आफू नेपाल आएको बताउनुभयो । सो क्रममा उहाँले पैदलयात्राबाट देखिने अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, लमजुङ हिमाल लगायतको अवलोकन गर्नाका साथै ती दृश्य आफ्नो मोबाइलमा कैद गर्नुभएको थियो ।

अहिले ह्यारी पोखरास्थित गोरखा वेलफेयर स्किमको कार्यक्रममा सहभागी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ