नेपाल साङ्घाई सहयोग सङ्गठन सदस्य

नेपाल साङ्घाई सहयोग सङ्गठन सदस्य

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बेइजिङ, ९ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज साङ्घाई सहयोग सङ्गठन संवाद साझेदार नेपाल सदस्य भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रीय विकासको अवधारणामा स्थापित सो सङ्गठनको कार्यालयमा नेपाल सो सङ्गठनको साझेदार बन्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र उक्त संस्थाका महासचिवले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित ‘एक क्षेत्र एक मार्ग पहलका सन्दर्भमा नेपाल चीन सम्बन्ध’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताउनु भयो ।

उहाँले नेपालको कुनै पनि भूभाग चीनको विरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने बताउँदै नेपाल पञ्चशीलका आधारमा नेपाल चीनबीचको सम्बन्ध सुदृढ रहेको बताउनु भयो ।

प्रधानमन्त्रीले नेपालप्रतिको चीनको सम्मानपूर्ण व्यवहार र विकासका लागि गरेको सहयोग अविस्मरणीय रहेको बताउँदै भन्नुभयो–“नेपाल–चीनबीचको सम्बन्ध सदियौँ पुरानो, प्रगाढ, मैत्रीपूर्ण रहेको र यसलाई अझ प्रगाढ बनाउन चीनको ‘एक क्षेत्र एक मार्ग’ नीति नेपालको विकासका लागि महत्वपूर्ण छ । ”

प्रधानमन्त्री ओलीको आज नेपाली र चिनियाँ व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चिनियाँ सञ्चारकर्मीसँगको अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ