सल्यान, ९ चैत । नेकपा ९एमाले०का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताउनु भएको छ ।
देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गर्नुभयो ।
प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।”
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline