धरान पर्यटकीय स्थलको रुपमा परिचित हुदाहुदै पनि पर्यटकीय स्थलको रुपमा सोचेजस्तो विकास नभएपछि धरानका जुझारु युवाहरुले धरानलाई साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न साहसिक खेलहरुको प्रवद्र्धन गर्ने भएका छन् ।
धनकुटाको तमोरदेखि सुनसरीको सप्तकोशी नदीसम्म व्यवसायिक ¥याफ्टिङको सफलता पाएको पूर्वाञ्चलले अहिले फेरि पश्चिमको पोखरापछि पूर्वको धरानलाई प्याग्लाइडिङको विकास गर्दै साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन धरानका साहसिक पर्यटन सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरु लागि परेका छन् ।
यसैक्रममा राष्ट्रिय खेलकुद परिषद् र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएनको आयोजना, एक्सट्रिम धरान, बुढासुब्बा प्याराग्लाइडिङ र स्काइ एडेभेन्चर प्रालिको संयाजनमा यही चैत्र १२ गते देखी १४ गतेसम्म प्याग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता गर्नै भएको हो ।
साहसिक खेल प्याराग्लाइडिङलाई पूर्वमा स्थापित गराउने र पोखराको विकल्पको रुपमा विकास गरेर लाने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवम एक्सट्रिम धरानमा अध्यक्ष लेखिराज जिमीले जानकारी दिनुभयो ।
गत असोज २२ गतेबाट स्काई एड्भेन्जर प्रा.लि.ले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङ पोखराजस्तै धरान पनि उपयुक्त स्थान भएको ठहर गरी पोखराको विकल्पको रुपमा विकास गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।
पर्यटकहरुको चासोलाई ध्यानमा राखेर आयोजना गरिएको भएपनि भविष्यमा धरानलाई साहसीक पर्यटन क्षेत्रको विकास गर्न थप मद्धत पुग्ने नेपाल प्यराग्लाइडिङ एण्ड हेण्डङग्लाइडिङ एसोसिएसनका केन्द्रीय सदस्य रोशन अधिकारीले जनकारी दिनु भयो ।
धरान धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपमा धरान बरदान सावित भएपनि विभिन्न कारणले पर्यटकीय क्षेत्र बन्न नसकेको अवस्थामा प्याग्लाइडिङ प्रतियोगिताको आयोजना गरी पर्यटन विकास गर्न खोजेको प्रति सञ्चारकर्मीहरुले समेत प्रशंसा व्यक्त गरेका थिए ।
प्रतियोगितामा नेपाली र विदेशी गरी ७० जना भन्दा बढीले प्रतियोगितामा भाग लिने भएका छन् ।
५ लाख बजेटलाग्ने सो प्रतियोगिताका लागि २ लाख रुपैया राखेपबाट प्राप्त भएको र बाकी रकम स्थानीय स्तरबाट संकलन गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार प्रदान गरिने भएको छ ।