राजधानी लगायत पहाडी जिल्लामा होली मनाइदै

राजधानी लगायत पहाडी जिल्लामा होली मनाइदै

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, चैत ९ । काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा आज एक आपसमा र दलेर उल्लासपूर्वक होली पर्व मनाईंदै छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुईरतीन दिनसम्म होली मनाउने चलन छ ।

सरकाले तराईमा पूर्णीमाको भोली पल्ट होलीको सार्वजनिक विदा दिए पनि एक दिन अगावै होलीको रौनक सुरु भईसकेको छ । मिथिलाञ्चलमा पञ्चमीमा होली समापन गर्ने चलन छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका अछाम, डोटीगायतका जिल्लामा पूर्णीमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ ।
त्यहाँ पूर्णीमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ