चैत्र ८ काठमाण्डौं । मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन । टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन ।
त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन । स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन स्पेन जाने भएकाले टोलीमा छैनन ।
चोट युक्त रोहित चन्द र आदित्य चौधरी पनि टोलीमा छैनन ।
गोल किपर : किरन लिम्बु , बिशाल श्रेष्ठ , बिकेस कुथु ,डिफेन्स : बिजय धिमाल , बिराज महर्जन , देवेन्द्र तामङ , दिनेश राजबंशी , जितेन्द्र कार्की , कमल श्रेष्ठ , मान बाहादुर तामङ , रबिन श्रेष्ठ , रन्जिब धिमाल
मिड फिल्ड : जगजित श्रेष्ठ , बिशाल राइ , हेमन गुरुङ, प्रकाश बुडाथोकी , सुनिल बल, सुजल श्रेष्ठ
फोर्वार्ड : भरत खवास , नवयुग श्रेष्ठ , रन्जन बिस्ट , सुमन लामा , बिश्वास श्रेष्ठ रहेका छन् ।
प्रशिक्षक ले नेपालको फुटबललाई थाईल्याण्ड जत्तिकै लेवलमा पुर्याउन आफू लागिरहेको बताए । उनले नेपालमा ग्राउण्ड पनि भएको र खेलाडी पनि भएकाले त्यो संभव भएको बताए । उनले नेपाललाई फिफा र्याकंमा १ सय १८ स्थानमा ल्याउन लाग्ने पनि बताए ।
नेपालले मलेशियाको २२ वर्ष मुनिको टोली विरुद्ध २९ मार्चमा खेल्ने छ ।