एजेन्सी चैत्र ८ । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा अष्ट्रेलियाले पहिलो जीत निकालेको छ । उसले बंगलादेशलाई ३ विकेटले पराजीत गर्यो । यो पराजयसगै बंगलादेशको अघिल्लो चरण प्रवेशको संभावना कमजोर बनेको छ ।अष्ट्रेलिया पहिलो खेलमा न्युजील्याण्डसग‘ पराजीत भएको थियो भने पाकिस्तानसग‘ बंगलादेश पराजीत भएको थियो ।
पहिले व्याटीङ गरेको बंगलादेशले ५ विकेट गुमाएर १ सय ५६ रन जोडेको थियो ।
१ सय ५७ रनको जवाफी व्याटीङ गरेको अष्ट्रेलियाले १८ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अष्ट्रेलियाको जीतमा खावाजाले निर्णाय भूमिका खेले । उनले ४५ बलमा ५८ रन जोडे पछि टोलीलाई जीतको नजिक पुर्याएका थिए । त्यस पछि म्याक्सवेल र सेने वाटसनले क्रमशः २६ र २१ रनको योगदान दिए । अन्य ब्याटसम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।
बंगलादेशका लागि मदुमल्लाहले अवीजीत ४९ रन जोड्दा साकिव अल हसनले ३३ र मोहम्मद मिथुनले २३ रन जोडे ।