तमोर दोभान पुल अब त बन्छ की…

तमोर दोभान पुल अब त बन्छ की…

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ताप्लेजुङ ,८ चैत्र ।

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारको उत्तरी पश्चिममा पर्ने २१ ओटा गाविसमा मोटर बाटो जोड्ने तमोर दोभानको पुल अबको दुई महिनामा बन्ने निर्माण कंपनीले बताएको छ ।

तमोर दोभान पुल २०६९ सालमा सकाउन गरी २०६५र०६६ सालमा कन्काई मैनाचुली याक्थुङहाङ कन्ष्ट्रक्शन प्रालिसँग सडक विभागको सम्झौता भएको हो । पुल सम्बन्धि समाचार ताप्लेजुङको दोभान पुल बेबारीसे अवस्थामाः कसैको ध्यन पुगेन, हुलासको बेईमानीका कारण काम रोकियोः ठेकेदार, शिर्षकमा र्मिमिरे अनलाईनबाट फाल्गुन ८ गते प्रकाशन भएको थियो भने ताप्लेजुङको दोभान पुल बेबारीसे अवस्थामा, हुलासको बेईमानीका कारण काम रोकियोः ठेकेदार शिर्षकमा याक्थुङ अनलाईनबाट फाल्गुन ७ गते प्रकाशन भएको थियो ।

सम्झौता भए अनुसार पछिल्लो पटक म्याद थप भएपछि २०७२ साल असोज महिनामा तमोर दोभान पुलको निर्माण कार्य सकाउनुपर्ने थियो । पुल निर्माण जिम्मा जिम्मा पाएका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रा.लि.ले विभिन्न बाहानामा पुल निर्माण कार्यमा ढिलाई गरेको थियो ।

फाल्गुनको पहिलो हप्तासम्म पुल निर्माण कार्य ठप्प भएको थियो । पुल निर्माण गर्नको लागि चाहिने केहि सामाग्री तमोरले बगाएको थियो भने पुल निर्माणमा चाहिने सामानहरू लथालिंग अवस्थामा थिए । याक्थुङ अनलाईन र र्मिमिरे अनलाईनमा समाचार प्रकाशान भए लगतै पुल निर्माण कार्य शुरु भएको थियो ।
अहिले पुल निर्माण कार्य धमाधम चलिरहेको छ । पुल निर्माणको लागि आवश्यक सामाग्री जडान र पुलको सामाग्री जडान तिब्र गतिमा भईरहेको छ । अझै पनि पुल बनाउनको लागि आवश्यक क्रेन उपलब्ध नहुँदा पुल निर्माण कार्यमा सुस्तता आउने देखिन्छ ।

ठेकेदार कंपनीका साईट इन्चार्ज पर्शु बिमलीका अनुसार हुलासले उपलब्ध गराउनु पर्ने बाँकी एक लट स्टीलको सामाग्री पनि उपलब्ध भईसकेको हुनाले अब क्रेन उपलब्ध भएको खण्डमा १ महिना स्टीलको काम सकाउने र बाँकी १ महिनामा ढलानको काम सकिनेछ । ठेकोदार कंपनी र हुलास स्टीलले क्रेन समयमा नै ल्याए पुल ६० दिनमा बनिसक्ने नभए यो साल पनि पुल नबने कामदारहरूको भनाई छ । पुल बनिसकेको २ महिनापछि पुल संचालनमा ल्याउन सकिने साईट इन्चार्ज बिमलीले बताए ।
तमोर देभान पुल बनिसकेपछि ताप्लेजुङ जिल्लाको चाँगे, फुलबारी, हाङपाङ, ढुंगेसाँघु, सान्थाक्रा, लिबाङ, साँबा, खामलुङ, लिङतेप, थुकिमा, नालबु, पापुङ लगायत २१ ओटा गाविसका झण्डै ८० हजार जनसंखया लाभांबित हुनेछन् ।

२०७३ साल जेष्ठ पहिनामा सकाउने गरी याक्थुङहाङ शेवालुङ थेबे कन्ष्ट्रक्शन प्रालिले २०६८ मा गरेको सम्झौता अनुसार दोभानसागै जोडिएको ३८ मीटर लम्बाई हुने मैवाखोला पुल बनेको खण्डमा धरानदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार समम सिधा मोटर बाटो जोडिनेछ ।
त्यस कारण तमोर दोभान र मेवाखोला पुल निर्माण गरी सञ्चालनमा ल्याउन आबश्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी