काठमाडौं, ८ चैत्र ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी अभियानको जरुरी रहेको बताउनु भएको छ ।
चौथो अन्तर्राष्ट्रिय काष्ठ दिवसको आज राजधानीमा उद्घाटन गर्नुहुदै उहाँले जलवायुको प्रतिकुल असरले मरुभूमीकरण बढ्दै गएकाले त्यसलाई रोक्न साझा योजना आवश्यक रहेको बताउनु भयो ।
हरियो वन नेपालको धन नारामा मात्र सिमित हुन पुगेकोमा दुख व्यक्त गर्नुहुदै राष्ट्रपति भण्डारीले नारालाई सार्थक बनाउनका लागि वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
काठको स्रोतको लागि प्राकृतिक संरक्षण आवश्यक भएको भन्दै उनले प्राकृतिक संरक्षणको लागि चेतना विस्तार गर्नुपर्नेमा जोड दिनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline