चैत्र ८ एजेन्सी । साताव्यापी औपचारिक चिन भ्रमणमा रहनुभएका प्रधानमन्त्रि केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी लि खछ्याङसंग बेजिङमा भेटवार्ता गर्दै हुुनुहुन्छ ।
हिजो चिन जानु भएका उहाँले भ्रमणका क्रममा आज राष्ट्रपति सी जिनपिङ, चीनीयाँ समकक्षी लि खछ्याङ सहित विभिन्न दलका शिर्ष नेता लगायत चिनीयाँ उच्च अधिकारीसँग भेट गर्नु हुने छ ।
उहाँले समकक्षी लि खछ्याङसँग चिनीयाँ समय अनुसार आज बिहान ११ बजे हुने भेट गर्नुहुने छ ।
त्यस पछि राष्ट्रपति सि जिन पिङ सग‘ भेट्ने कार्यक्रम रहेको छ ।
भेटवार्तामा दुई देशबीच पारस्परिक हित र साझा चासोका विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच पारबहन तथा यातायात सम्झौता र स्वतन्त्र व्यापार क्षेत्र स्थापना सम्बन्धी सम्झौता लगायत दर्जन समझदारी पत्रमा हस्तारक्षर हुनेछ ।
प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग पनि भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको स्वगतमा आज चीनको जनबृहत् प्रेक्षालयमा समारोहको आयोजना गरिएको छ ।
भ्रमण सकाएर प्रधानमन्त्री ओली र उहाँ नेतृतवको टोली आगामी चैत्र १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यसैविच चीन भ्रमणमा २२ सदस्यीय जम्बोटोली लिने निर्णय गर्नुभएका उहाँले आफु निकट दल र कर्चाचारी गरि १०० जना सदस्य भमण टोलीमा लिएसंगै बिभिन्न क्षेत्रमा आलोचना भइईरहेको छ ।
त्यस्तै ध्वजाबाहक हुँदा हुँदै पनि उडान अनुमति नै नपाएको र व्यवसायिक उडान नै सुरु नगरेको हिमालय एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली चीन गएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुने गरेको छ ।
यद्धपि हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीलाई सित्तैमा चीन लगेको स्पष्ट पारेको छ ।