धरान उपमहानगरपालिको सार्वजनिक सुनुवाईमा सर्बसाधारणको गुनासै गुनासो 

धरान उपमहानगरपालिको सार्वजनिक सुनुवाईमा सर्बसाधारणको गुनासै गुनासो 

  • आइतवार, चैत्र ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धरान उपमहानगरपालिकाले सबै क्षेत्रका जनताको गुनासो सुन्ने अभिप्रायले गरेको सार्वजनिक सुनुवाईमा नगरबासीले उपमहानगरपालिकाले गरेको कामको प्रशंसा भन्दा दोब्बर गुनासो गरेका छन् ।
धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइने सेवा चुस्त दुरुस्त भए नभए, विकासका कामहरुले कतिको गति लियो, उपमहानगरपालिकाका कर्मचारीहरुले सेवाग्राहीको काम कारबाही कस्तो ढंगले गरेका छन् र यी सम्पूर्ण कार्यमा भएका त्रुत्रीहरुलाई कसरी सुधार्दैै लाने भन्ने विषयमा धरान २३ पाचकन्या सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा गरेको सार्वजनिक सुनुवाईमा सबैले उपमहानगरपालिकाले गरेको कामको प्रसंम्सा भन्दा पनि उपमहानगरपालिकाले गरेको हेलच्याक्राइका विषयमा बढी चर्चा भएका थिए ।

धरान नगरपालिका बाट उपमहानगर पालिका बनेको एक बर्ष भन्दा बढी समय वितिसक्दा समेत पिछडिएका क्षेत्रमा कुनै योजना नल्याएको उनीहरुको गुनासो थियो ।
१९ वाड बाट एकैपटक २७ वडा बनेको उपमहनगरपालिकाको थपिएका क्षेत्र जस्ताको तस्तै भएको गुनासो गर्दै उपमहानगरपालिकाले करमात्र हैन यस्ता क्षेत्रमा विकासका योजना ल्याउन समेत आग्रह गरे ।
सर्वसाधारणले धरान उपममहानगरपालिकाक कर्मचारीहरु भ्रष्ट प्रविधि भएको योजना र नगरपालिकाले ल्याउने योजनाहरु रकमको भरमा पहुच भएको स्थानमा दिने गरेको गुनासो गर्दै आफूहरुले गाविसबाट उपमहानगरपालिका भएको महसुस अहिलेसम् गर्न नपाएको गुनासो गरेका छन् ।
महिलाको वृत्ति विकासका लागि आउने विभिन्न प्रकारका तालिम समेत ग्रामीण भेगमा आउन नसकेको उनीहरुको भनाई छ ।
यस्तै विकासका काममा समेत पहुचवाला र रकम दिएपछिमात्र काम हुने नभए कर्मचारीहरुले फाइलै नसारिदिने गुनासो गरे ।
टोलबासी नै लागेर थालेको बाटो निर्माणको काममा समेत नगरपालिकाले कहिल्यै चासो नदिएको उनीहरुको गुनासो छ ।
कर्यक्रममका सम्पूर्ण गुनासाहरु सुनिसकेपछि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले नगरपालिकामा भएका कमी कमजोरीलाई सुधार्दै लाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कर्मचारीका भएका ढिलासुस्ती, भ्रष्टचारीको विषयमा आफूले कडाइका साथ निगरानी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै धरान उपमहानगरपालिकाका योजना अधिकृत इन्जिनियर सुरज श्रेष्ठले बजेटकै अभावमा कारण विगतका योजनाका कामहरु थाती रहेको र यसबर्ष ७५ प्रतिशतमात्र काम गर्ने र बाँकी काम आगामी बर्षहरुमा गर्दे जाने बताउनुभयो ।
धरानउपमहानगरपालिकाको आयोजना, अभियान नेपाल इटहरीको सहजीकरण र महिला सञ्जाल धरानको व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाईमा राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारण, महिला, विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले सबै क्षेत्रलाई समेटेर समग्र धरानको विकासमा लाग्न नगरपालिकालाई आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ