काठमाडौ ७ चैत्र ।
भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछ । आजको पहिलो खेलमा साउथ अफ्रिका र अफगानिस्तान भिड्नेछन् भने दोस्रो खेलमा श्रीलंका र साउथ इन्डियाबीच प्रतिस्पर्धा हुदैछ ।
साउथ अफ्रिका र अफगानिस्तानबीचको खेल साव तीन बजे मुम्बइमा हुनेछ । पौने आठ बजे ब्याङलोरमा हुने दोस्रो खेलमा श्रीलंका र साउथ इन्डियाबीच प्रतिस्पर्धा हुदैछ ।
यसअघि हिजो सम्पन्न खेलमा भारतद्धारा पाकिस्तान ६ विकेटले पराजित भएको छ । वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।
पाकिस्तानका लागि सोहेब मल्लिकले २६ रन बनाए भने उमर अकमलले २२ रन जोडे । जवाफमा १ सय १९ रनको झिनो चुनौती भारतले खेलमा १३ बल बाँकी छँदा पूरा र्गयो ।
भारतको जितमा युवराज सिंह र विराट कोहलीको ६१ रनको साझेदारी महत्वपूर्ण रह्यो । कोहलीले अविजित ५५ रन जोड्दा युवराज सिंहले २४ रन बनाए । पाकिस्तानका मोहम्मद सामीले २ विकेट लिए ।