काठमाडौ ७ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट फर्किनु भएलगत्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जानु हुनेभएको छ ।
चिनीयाँ जनमुक्ति सेनाको निमन्त्रणामा उहाँ चीन जान लाग्नु भएको हो । प्रधानसेनापति क्षेत्री प्रधानमन्त्री ओली फर्किनु भएकै दिन वा भोलीपल्ट जानेगरी गृहकार्य भइरहेको सैनिक मुख्यलयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले चीनीयाँ उच्च सरकारी अधिकारीहरुसाग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उहाँले चिनीयाँ जनमुक्ति सेनाका महत्वपूर्ण तालिमकेन्द्रहरुको भ्रमण गर्नुहुनेछ ।
चीन भ्रमणका क्रममा द्धिपक्षीय सहयोग, तालिम, आर्थिक सहायता लगायत विषयमा छलफल हुने रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline