आन्दोलनकारीप्रति सहिष्णु हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

आन्दोलनकारीप्रति सहिष्णु हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ६ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले सरकार आन्दोलनकारी दलप्रति सहिष्णु हुनुपर्ने बताउनु भएको छ ।

जनकपुरवासीले आज राजधानीमा आयोजना गरेको होलीको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा जनतान्त्रिक गणतन्त्र नभई लोकतान्त्रिक गणतन्त्र भएकाले सबैका कुरा सरकारले सुन्नुपर्नेमा जोड दिनुभयो ।
“मधेसमा उत्पन्न असन्तुष्टिलाई दबाउन खोजेर हुँदैन । सरकार, सरकार पक्षीय दल र सरकार बाहिरका दल सबैले उनीहरुको कुरालाई सुन्नुपर्दछ”– उहाँले भन्नु भयो ।
उहाँले तराई र पहाडबीच अहिले ठूलो खाडल सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्ने अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । चुरे पहाड र मधेसको जनजीवन घनिष्ट सम्बन्ध रहेको स्पष्ट पार्दै चरेको जमिन, जल र जङ्गल जोगाउन नसकेमा तराईमा काकाकुलको अवस्था आउने बताउनुभयो । उहाँले चुरे जोगाउनका लागि आफूले केही महिनाभित्रमा मेचीदेखि महाकालीसम्म चेतनामूलक अभियान चलाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले जनकपुर क्षेत्रको प्राचीन संस्कृतिलाई मुलुककै सम्पत्ति भएकाले जोगाइराख्न युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिनु भयो ।

अर्का पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले राजनीतिक तथा सांस्कृतिक दुवै दृष्टिकोणले जनकपुर अग्रस्थानमा रहेकाले अहिलेको पुस्ताले पनि त्यसलाई कायम राख्ने विश्वास व्यक्त गर्नु भयो ।

पूर्वन्यायाधीशद्वय कमलनयन दास, गिरीशचन्द्र लाल, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मालगायतले पनि जनकपुरीयाले काठमाडौँमा यस्ता कार्यक्रम आयोजना गर्दा तराई र पहाडको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ