राष्ट्रलाई एकतावद्ध बनाउने खेलकुद क्षेत्रमा लाग्न अध्यक्ष दाहालको निर्देशन

राष्ट्रलाई एकतावद्ध बनाउने खेलकुद क्षेत्रमा लाग्न अध्यक्ष दाहालको निर्देशन

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँं, ६ चैत ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रले राष्ट्रलाई एकतावद्ध बनाएर लैजाने भएकाले त्यसमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।

अखिल नेपाल खेलकुद महासङ्घका पदाधिकारीसँग आज आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा उहाँले राष्ट्रलाई एकतावद्ध बनाउने उपाय भनेकै खेलकुद भएकाले त्यसलाई समृद्ध, परिस्कृत र व्यावसायिक बनाउन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले महासङ्घ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनु भयो ।

उहाँले एमाओवादी पार्टीलाई दुई वर्षभित्र मुलुकको एक नम्बरको पार्टी बनाउन र समाजवादी क्रान्तिका लागि देशव्यापिरुपमा सक्रियतापूर्वक अगाडि बढ्न निर्देशन दिनुभयो ।

भेटघाट कार्यक्रममा महासङ्घका अध्यक्ष युवराज लामाले खेलकूद क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ