पारवाहन सम्झौतालाई प्राथमिकतामा राख्न प्रमलाई सुझाव

पारवाहन सम्झौतालाई प्राथमिकतामा राख्न प्रमलाई सुझाव

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ६ चैत ।

राष्ट्रिय जागरण अभियान, नेपालले चीन भ्रमणमा चिनियाँ भूमिमार्फत विश्वसँगको निर्वाध व्यापारका लागि समुद्री बन्दरगाहसम्मको पारवाहन सुविधा सम्बन्धी सम्झौतालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

अभियानका प्रवक्ता डा. विनोद न्यौपानेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालमाथि लादिएको इन्धन सङ्कटलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्भावित सबै उपायबारे चीनसँग छलफल गर्न माग गरिएको छ ।

पूर्व मन्त्री डा उपेन्द्र देवकोटा संयोजक रहेको सो अभियानले नेपाली भूमिलाई चीन, भारत वा अन्य देशका विरुद्धमा कसैबाट प्रयोग हुन नदिने नीतिअनुसार परराष्ट्र नीति भरपर्दो बनाउन सुझाव दिएको छ ।

नेपालको अभिन्न भू–भागका रुपमा रहेको लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौता खारेजीको विषय भ्रमणमा उठाउन प्रधानमन्त्रीसँग अभियानले माग गरेको छ ।

भारतसँगको एकाधिकारपूर्ण व्यापार परनिर्भरतालाई अन्त्य गर्न चीनसँगको व्यापार वृद्धि तथा नाकाको विस्तारको योजनालाई महत्वकासाथ उठाउन विज्ञप्तिमा माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ