कपास उद्योगमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा

कपास उद्योगमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपालगन्ज, ६ चैत ।  

आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी गराउनुभयो ।

उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी करिब एक करोड २० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ