लार्क्याललाई के गर्ला माओवादीले ?

लार्क्याललाई के गर्ला माओवादीले ?

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

काठमाडौं ६ चैत्र । सत्तारुढ दल एकीकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाडामा बस्ने बैठकमा वर्तमान सरकारको काम कारबाही तथा पार्टीको भावी रणनितिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनितिक अवस्थाका साथै सरकारको कामकारबाहीको समिक्षा हुने पार्टी प्रवक्त दिनानाथ शर्माले जानकारी दिनुभयो ।

एमाओवादीभित्र आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीलाई लिएर समेत आलोचना हुदै आएको छ ।

यस्तै बैंक लकरमा बन्दुकको गोली भेटेपछि पक्राउ परेका पार्टी नेता ल्हारक्याल लामाका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
उनलाई पार्टीले निस्कासनको निर्णय गर्नु पर्ने माग माओवादी भित्रै उठीरहेको स्रोतको भनाई छ ।

पछिल्लो समय वैद्य माओवादीसँग गर्ने भनिएको पार्टी एकताका विषयमा पनि आजको बैठकमा छलफल हुने जनाएको छ ।

यसअघि हिजोबाट नै बैठक सुरु गर्ने भनिएपनि पार्टी स्थायी कमिटीको नसकिएकाले आजबाट मात्र केन्द्रिय कार्यसमितिको बैठक सुरु हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ