काठमाडौँ, ६ चैत ।
बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा बेलायती महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी पहिलो पटक नेपाल आउन लाग्नु भएको हो । दिउसो ३ बजे पछि उहा नेपाल आईपुग्नु हुने छ ।
काठमाडौ आइपुग्नु भए लगत्तै राजकुमार ह्यारीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यस्तै उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । भोली नै उहाँले विनाशकारी भूकम्पले क्षति पु¥याएको ललितपुर र भक्तपुरका स्थलगत भ्रमणमा जानुहुने कार्यक्रम पनि रहेको छ ।
साथै उहाँले नागबहालस्थित ‘गोल्डेन टेम्पल’को अवलोकन समेत गर्नुहुनेछ । पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षीय राजकुमार ह्यारी पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।
नेपाल बसाईका क्रममा क्रममा राजकुमार श्यारी नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुुनुहुनेछ ।
सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ ।
हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ ।