एजेन्सी चैत्र ६ । भारतमा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटमा चीर प्रतिद्धन्दी भारत र पाकिस्तानबीच बहु प्रतिक्षित खेल आज हुदै छ ।
आज राति पौने ८ बजे हुने खेल धेरै दर्शकहरुको चासोको विषय हुने छ ।
पाकिस्तान र भारतबीचको चिसो सम्बन्ध रहीरहेका कारण पनि क्रिकेटले चासोको रुप लिने गरेको छ ।
खेल कोलकत्ता स्थित ईडेन गार्डेन मैदानमा हुने छ ।
पाकिस्तानी कप्तान शहीद अफ्रीदीले भारतमा जीतका लागि आफूहरु खेल्ने भन्दै भारतलाई कम नआकेको बताए ।
अफ्रीदी भारत विरुद्ध जीतका लागि सबै भन्दा बढी प्रभावकारी सावित हुने अपेक्षा पाकिस्तानी दर्शकहरुको छ । अफ्रीदी अलराण्डर खेलाडी हुन् ।
समुह चरणको पहिलो खेल अन्तर्गत पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई पराजीत गरेको थियो भने भारत न्युजील्याण्डसग‘ पराजीत भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline