संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ – पौडेल

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ – पौडेल

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

दमौली, ५ चैत ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताउनुभएको छ ।

तनहुँको क्यामिन गाविसस्थित मेवाबारी विद्युतीय लिफ्टिङ खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उहाँले तराई, मधेस र जनजातिको मागलाई सम्बोधन गरी काँग्रेस संविधान कार्यान्वयनमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर राना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेल लगायतले खानेपानी आयोजना सम्पन्न भएपछि गाउँलेले स्वच्छ र गुणस्तरीय पानी खान पाउने बताउनुभयो । आयोजना रु ४० लाखको लागतमा निर्माण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ