बाबुराम भन्छन् : सहिद र बेपत्ताको जिम्मा नयाँ शक्तिले लिन्छ

बाबुराम भन्छन् : सहिद र बेपत्ताको जिम्मा नयाँ शक्तिले लिन्छ

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

गोरखा, ५ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला सहिद र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने उद्घोष गर्नुभएको छ ।

गोरखामा आज आयोजित अन्तरिम जिल्ला परिषद् घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले भन्नुभयो – “कतिपयले बाबुरामले माओवादी छाड्यो, सहिद र बेपत्तालाई भुल्यो भनेका छन् । त्यो भ्रममा नपर्नुहोला । सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौँ ।”

नयाँ शक्तिलाई छिट्टै पार्टीको रुप दिने सङ्केत गर्दै संयोजक डा भट्टराईले ‘वडा, गाउँ, नगर, जिल्ला, प्रदेशमा बलियो सङ्गठन गठन’ गर्न अभियन्ताहरुलाई आग्रह गर्नुभयो । जनताको जनजीविकामा सहयोग पुग्नेखालका काम गर्न निर्देशन दिँदै भट्टराईले गोरखामा नयाँ शक्तिलाई विशेष रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

देशमा आर्थिक समृद्धि ल्याउन समुद्र तर्नुपर्ने तर्क गर्दै भट्टराईले सडक मार्गमार्फत समुद्र तर्न नसकिने जिकिर गर्नुभयो । एमाओवादीले सडक मार्गमार्फत समुद्र तर्न खोजेको उहाँको भनाइ छ । ‘नयाँ शक्ति पानी जहाज’ उहाँले भन्नुभयो– “समुद्र तर्न जहाज चढ्नुपर्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ