धनगढी, ५चैत ।
आगामी चैत १८ गतदेखि शुरु हुने एसएलसी परीक्षामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ७३ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
जसमध्ये ४७ हजार ३६ नियमित, २५ हजार ५ सय २२ आंशिक तथा ५ सय २९ प्राधिकधार गरी गरी ७३ हजार ८७ परीक्षार्थी एसएलसीमा सहभागी हुन लागेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलका शाखा अधिकृत पूर्ण शाहले जानकारी दिनुभयो ।
गत वर्ष ४५ हजार ३ सय ४२ नियमित तथा २४ हजार ४ सय २४ आंशिक गरी ६९ हजार ७ सय ६६ परिक्षार्थीले एसएलसी दिएका थिए ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निमित्त निर्देशक अनन्तकुमार पौडलले परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष तोक्ने काम भइसकेको र केन्द्राध्यक्ष तथा परीक्षामा सहभागी हुने अन्य कर्मचारीहरूलाई प्रशिक्षण दिने काम भइरहेको बताउनु भयो ।
गत वर्ष २ सय १५ परीक्षा केन्द्र रहेकोमा यसवर्ष सुदूरपश्चिममा २ सय २९ परीक्षा केन्द्र कायम गरिएको छ । यस वर्ष बझाङमा ९, दार्चुला र बैतडीमा १÷१ तथा कञ्चनपुरमा ३ गरी १४ केन्द्र थप गरिएको शाखा अधिकृत शाहले जनाउनु भयो ।
सबैभन्दा बढी परीक्षार्थी कैलालीमा रहेका छन् । कैलालीमा नियमित १३ हजार ७ सय १६, आंशिक ६ हजार ९ सय ५७ र प्राविधिकधार ८१ गरी २० हजार ७ सय ५४ परीक्षार्थी रहेका छन् । २ सय ३४ विद्यालयका विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन् ।
कैलालीमा ५१ परीक्षा केन्द्र रहेका छन् । सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा कम परीक्षार्थी दार्चुलामा रहेका छन् । सुदूरपश्च्मिाञ्चल क्षेत्रीय निर्देशनालयका अनुसार दार्चुलामा ४ हजार ४ सय ४६ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । नियमिततर्फ २ हजार ६ सय २०, आंशिकतर्फ १ हजार ७ सय ५६ र प्राविधिकधारतर्फ ७० परीक्षार्थी रहेका छन् ।
कञ्चनपुरमा १२ हजार ६ सय ८८ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । नियमिततर्फ ८ हजार ७ सय ७८, आंशिकतर्फ ३ हजार ८ सय ५२ र प्राविधिकधारतर्फ ५८ परिक्र्षी रहेको जनाइएको छ ।
कञ्चनपुरमा ३३ परीक्षा केन्द्र रहेका छन् । डोटीमा २ हजार ६ सय २८ नियमित, १ हजार ३ सय ४६ आंशिक तथा ३५ प्राविधिकधार गरी ४ हजार ९ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । डोटीमा ११ परीक्षा केन्द्र छन् । अछाममा ७ हजार ६ सय १७ परीक्षार्थी रहेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायालले जनाएको छ ।
४ हजार ६ सय ६४ नियमित, २ हजार ९ सय २० आंशिक र ३३ प्राविधिक गरी ७ हजार ६ सय १७ परिक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । अछाममा २२ परीक्षा केन्द्र रहेका छन् । बझाङमा नियमित ३ हजार ३ सय ५२, आंशिक २ हजार ६ सय ३९, प्राविधिक ४६ गरी ६ हजार ३७ परीक्षार्थी रहेका छन् । बझाङ ४६ केन्द्र तोकिएका छन् । १४ परीक्षा केन्द्र रहेको बाजुरामा ४ हजार ५ सय ६७ परिक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् ।
नियमिततर्फ २ हजार ८ सय २१, आंशिकतर्फ १ हजार ७ सय ३ र प्राविधिकतर्फ ४३ गरी ४ हजार ५ सय ६७ परीक्षार्थी रहेका छन् ।
यसैगरी बैतडीमा ८ हजार ५ सय १९ परीक्षार्थी एसएलीमा सहभागी हुँदैछन् । २५ परीक्षा केन्द्र रहेको बैतडीमा नियमिततर्फ ५ हजार ४ सय ६१, आंशिकतर्फ २ हजार ९ सय ६७ र प्राविधिकधार तर्फ ९१ परीक्षार्थी रहेका छन् ।
१२ परीक्षा केन्द्र रहेको डडेल्धुरामा ४ हजार ४ सय ५० परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । डडेल्धुरामा २ हजार ९ सय ९६ नियमित, १ हजार ३ सय ८२ आंशिक र ७२ प्राविधिकधारका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । चैत १८ बाट शुरु हुने एसएलसी परीक्षा २९ गतेसम्म चल्नेछ ।