आफ्नो भ्रमणपछि नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्छ :प्रम

आफ्नो भ्रमणपछि नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्छ :प्रम

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ५ चैत  ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनुभएको छ ।

आज बसेको संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिको वैठकलाई चैत ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भ्रमणपछि नेपालको अन्तर्रा्ष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो ।

मागेर विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पार्नुभयो ।

उहाँले चीन भ्रमणक्रममा चीनका राष्ट्रप्रति, प्रधानमन्त्री तथा चिनियाँ जनकाग्रेसका प्रमूख, चीनको व्यापारिक समुदायलगायतसंग भेटबार्ता गर्नुका साथै बोआओ सम्मेलनमा सहभागी हुने जानकारी दिनुभयो ।

आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधी भएको तथा आफूबाट देशलाई हानी हुनेकुरामा कुनै सम्झौता नहुने कुरामा आश्वस्त पार्दै प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्रा्ष्ट्र्यि सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।

बैठकमा सांसदहरुले भ्रमणमा इन्धन आयात सम्बन्धी सम्झौता महत्वपूर्ण हुने र सो छुट्नु नहुने, लिपुलेकबारे गृहकार्य गरेर कुरा उठाउनुपर्ने, कर्णाली आयोजनाबारे पनि कुरा उठाउनुपर्ने, तेल उत्खननको सम्भाव्यता अध्ययनआदि छुट्नु नहुने सुझाव दिएको समितिका सभापति प्रभू शाहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ