मधेसका माग संबोधनका लागी दबाब दिन चीनीयाँ राजदुतलाई मधेशी नेताको आग्रह

मधेसका माग संबोधनका लागी दबाब दिन चीनीयाँ राजदुतलाई मधेशी नेताको आग्रह

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ५ चैत्र ।

मधेशी मोर्चा सहितको संघिय गठबन्धनमा आवद्ध दलले नेपाल सरकारलाई आफ्ना माग संबोधनका लागी दबाब दिन चीनीयाँ राजदुत उ चिन्ताइ समक्ष आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा गठबन्धन आवद्ध दलले नेपालका लागि चीनीयाँ राजदुत चिन्ताइसँग भेटि आफूहरुको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन प्रभावकारी भूमिका खेलिदीन आग्रह गरेका हुन् ।

लाजिम्पाटस्थित सांङ्ग्रिला होटलमा भएको भेटमा मोर्चाले आफ्ना आन्दोलनका माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै विभिन्न ११ बुँदे पत्र दूतावासलाई दिएको छ।

बैठकमा सहभागी सद्भावना पार्टीका नेता मनिषकुमार सुमनले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकारको उल्लङ्घन र संविधानको कार्यान्वयमा देखिएको अन्योलबारे दूतावासको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

राजदूत चुन्ताईले मोर्चाको मागबारे आफूलाई अवगत भएको र त्यसबारे चीन सरकारलाई जानकारी गराउने तथा प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा प्रसङ्ग उठेमा मधेस आन्दोलनबारे जिज्ञासा राखिने बताउनुभएको थियो ।

राजदूत चुन्ताईले चीन सरकार अब सरकारबीचको मात्र नभई जनता जनताबीचको सम्बन्ध विस्तारमा पनि लागि परेको बताउनुभएको थियो ।

भेटमा मधेसी जनाधिकार फोरम(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ