मोरङ, ५ चैत ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले आन्दोलनको बलबाट मधेसलाई अलग बनाउने सपना नदेख्न मधेशी दललाई चेतावनी दिनुभएको छ ।
यादवले आफ्नो स्वार्थका लागी आन्दोलन चर्काएर मधेसलाई टुक्राउने सपना कसैले देखेको भए उसले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिदै त्यो सम्भव नभएको बताउनु भयो ।
यादवको निजी सचिवालयले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वराष्टपति यादवले भन्नुभयो ,
सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताउनुभयो ।
मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिदै उहाले आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चल्न पनि आग्रह गर्नुभयो ।
लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नुभयो ।
प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उहाँको भनाइ छ ।