आजदेखि पोखरामा बंगुर महोत्सव हुदै

आजदेखि पोखरामा बंगुर महोत्सव हुदै

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ५ चैत्र ।  

‘पोर्क स्वस्थ सेतो मासु’ भन्ने नाराका साथ पोखरामा आजदेखि बंगुर महोत्सव हुँदैछ । बंगुर व्यावसायी संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा हुने महोत्सव आगामी चैत्र ७ गतेसम्म हुनेछ ।

यसअघि पहिलो पोर्क महोत्सव काठमाडौंमा भएको थियो । महोत्सवमा ६० वटा स्टल राखिने महोत्सव आयोजक समिति बंगुर व्यवसायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले जानकारी दिनुभयो ।

महोत्सवमा बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधी, वित्तिय संस्थाबारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका बारेमा जानकारीमूलक स्टलहरु रहनेछन् ।

नेपालमा हाल मासुको कुल खपतको ६ प्रतिशत पोर्कले ओगट्ने गरेको छ । अन्य मासुको तुलनामा पोर्क स्वास्थ्यको लागि राम्रो भएकाले यसको प्रयोगमा सघाउ र्पुयाउन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ