काठमाडौ ५ चैत्र ।
भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर टेन अन्तरगत आज दुई खेल हुदैछ । सुपर टेन अन्तरगत समुह दुईको खेलमा आज अष्ट्रलिया र न्युजिल्याण्ड तथा इङ्ल्याण्ड र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
दिउँसो साँव ३ बजे हुने आजको पहिलो खेलमा अष्ट्रलिया र न्युजिल्याण्ड भिड्नेछ भने राति पौने ९ बजे हुने खेलमा इङ्ल्याण्ड र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ ।
यसअघि हिजोको खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै साविक विजेता श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । जवाफमा १५४ रनको लक्ष्य श्रीलंकाले खेलमा ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा र्गयो ।
श्रीलंकाका लागि तिलकरत्ने दिलशानले सर्वा्धिक ८३ रन बनाए । जितसँगै श्रीलंकाले विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको साविक उपाधि रक्षा गर्ने अभियान सुरु गरेको छ ।