नेपाल र चीनबीच ईन्धन तथा पारवहन सम्झौता हुने

नेपाल र चीनबीच ईन्धन तथा पारवहन सम्झौता हुने

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चैत्र ४ काठमाण्डौं ।  प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।

यहाँ आज कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या समाधान गर्न मद्दत मिल्ने बताउनुभयो ।

मन्त्री पुनले बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जानकारी दिँदै भन्नुभयो, “कालोबजारी, खाद्य सुरक्षा, मूल्य नियन्त्रण लगायत विषयमा अनुगमन तथा कारबाही गर्नका लागि महाशाखा आवश्यक भएकाले गठन गर्ने प्रक्रियामा छौँ ।”

बजारमा भएको अनियन्त्रित मूल्य वृद्धि, कमसल वस्तुको बिक्री वितरणबारे उपभोक्ता जागरण अभियान आवश्यक भएको र वर्षभरि नै अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

काठमाडौँ महानगरपालिकाका निर्देशक हरिकुमार श्रेष्ठले बजारमा व्याप्त कालोबजारी रोक्न सरकारले नियमित अनुगमन र कारबाहीको प्रक्रियालाई जारी राख्नुपर्ने बताउनु भयो ।

मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले नाका सहज भएको महिना दिन बित्न लाग्दा पनि बजारमा इन्धनको सहज आपूर्ति हुन नसकेकाले सरकारको ध्यानाकर्षण गर्नुभयो । कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले बजारमा सिर्जना भएको इन्धनको कृत्रिम अभावबारे अनुगमन गरी वितरण प्रणाली सहज गर्न सरकारसँग माग गर्नु भयो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ