ओखलढुंगाको यसममा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगाको यसममा करेन्ट लागेर एक जनाको मृत्यु

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ४ चैत्र ।  

ओखलढुंगाको यसममा करेन्ट लागेर लिखुखोला जुके दोभान लघु लजविद्युत आयोजनाका एक कर्मचारीको मृत्यु भएको भएको छ ।

आयोजना मर्मतको काम भइरहेको समयमा विद्युत प्रवाह हुँदा यसम–८ मजुवाका २८ वर्षीय उदयबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसम गाविसमा सञ्चालनमा रहेको ८८ किलोवाट क्षमताको लिखुखोला जुके दोभान लघु जलविद्युत आयोजना अन्तर्गत वडा नम्बर ९ को ट्रान्समिटर मर्मतका क्रममा उनलाई करेन्ट लागेको हो ।

दुई वर्षअघि सञ्चालनमा आएको आयोजनाको पावर हाउसकै ट्रान्समिटरमा खराबी आएका कारण झण्डै एक वर्ष अघिदेखि बन्द अबस्थामा थियो ।

ट्रान्समिटर मर्मतपछि आयोजना पुनः सञ्चालनमा ल्याउने तयारीका क्रममा प्राविधिकको असाबधानीका कारण कामदारको ज्यान गएकोे हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ