म्युजिकल टुरमा मोडल

म्युजिकल टुरमा मोडल

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चैत्र ४ काठमाण्डौं । गायन र नृत्यको चर्चित रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रिका उत्कृष्ट पाँच प्रतियोगीहरु म्युजिकल टुरमा निश्कने भएका छन् । प्रतियोगीताको अन्तिम स्पर्धाका लागी छानिएका नृत्य र गायनका पाँच पाँच र जज सेलेक्सनमा परेका तिन गरी उत्कृट १३ फाइनलिष्ट प्रतियोगी म्युजिकल टुरमा निश्कन लागेका हुन् ।
प्रतियोगीलाई परिपक्क बनाउन बिभिन्न ज्ञान दिलाउने उदेश्यले अहिले म्युजिकल टुर गरिन लागिएको आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीले जनाएको छ । ५ गते हेटौडाबाट सुरु हुने म्युजिकल टुर ६ गते नारायनघाट, ८ गते बुटवल, ९ गते दाङको घोराही ,१० गते दाङको तुलसीपुरमा पुगेर सकिने आयोजक गोल्डेन स्टार मल्टिमिडियाका प्रवन्ध निर्देशक सरन गुरुङले जानकारी दिए ।

टुरमा मनिषा परियार (चितवन), यन्सु श्रेष्ठ (दाङ), बर्षा लम्साल(दाङ), पुकार सिंह भण्डारी(दाङ), मिलन थापा(दाङ), सचिन पोखरेल(दाङ), बिना सेन्चुरी (चितवन), रमेश घतानी(चितवन), देबेन्द्र कार्की (हेटौडा),सुमन परियार(हेटौडा) ,बिण्णु ठकुरी (हेटौडा), घनश्याम घिमिरे (बुटवल) ,सानिया चालिसे (बुटवल)लगायतका प्रतियोगीले नृत्य तथा गायनका बिभिन्न प्रस्तुति दिनेछन् ।
आगामी चैत्र २७ पोखराको सिटी हलमा प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आयोजना हँुदैछ । ४३ जिल्लाका दशौ हजार प्रतियोगीबाट छानिएका १३ अन्तिम स्पर्धीले उपाधिका लागी भिड्नेछन् ।
गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने उदेश्यले प्रतियोगीता आयोजना गरिदै आएको आयोजकले जनाएको छ । प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट ‘गोल्डेन आइडल’ कार्यक्रमको नामबाट प्रसारीत ह“ुदै आएको छ । देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीताको निर्देशक रेनुका गुरुङ ,कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी