टी ट्वान्टी विश्वकपमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने

टी ट्वान्टी विश्वकपमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ४ चैत्र । भारतमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा सुपर टेन अन्तरगत समुह एकको खेलमा आज अफ्गानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

विश्वकपमा अफ्गानिस्तान पहिलो चोटी समुह चरण पार गर्दै सुपर टेनमा पुग्न सफल भएको हो । प्रतियोगितामा श्रीलंकालाई बलियो टोलीका रुपमा लिइन्छ ।

यसअघि हिजो सम्पन्न खेलमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै वेष्ट इन्डिजले विजयी सुरुवात गरेको छ ।

इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ८३ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

वेष्ट इन्डिजका लागि क्रिस गेलले ४८ बलमा ११ छक्का र पाँच चौकाको मद्दतमा नट आउट शतकीय पारी खेले । यस्तै मार्लोन सामुएल्सले २७ बलमा ३७ रन बनाए । उनले ८ चौक प्रहार गरे ।

इंग्ल्याण्डका डेविड विल्ली, रिस टोप्लेय, अदिल राशिद र माइन अलीले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी