गरिबी उन्मूलन गरी समृद्ध मुलुक बनाउन सरकार प्रयासरत: ओली

गरिबी उन्मूलन गरी समृद्ध मुलुक बनाउन सरकार प्रयासरत: ओली

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पोखरा, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा रहेको गरिबी उन्मूलन गरी समृद्धशाली मुलुक बनाउनेतर्पm सरकार लागेकोे बताउनुभएको छ ।

नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको दुई वर्षमा असाधारण तबरले मुलुकमा विकास हुने दाबी गर्नुभयो ।

प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण पोखराको गुरुयोजनाअनुसार विकासको थालनी गरिने जानकारी दिँदै उहाँले यहाँको पर्यटकीय प्रबद्र्धन तीव्रताका साथ अघि बढाइने बताउनु भयो ।

वर्तमान सरकारले कार्यकर्ताको शीर निहुरिने गरी कुनै काम नगर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पार्टीले देशको हितमा जे नीति तथा कार्यक्रम ल्याउँछ सरकारले त्यसैलाई अगाडि बढाउने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी हुनु देशको लागि ठूलो उपलब्धि भएको भन्दै नयाँ संविधानले कसैलाई पनि विभेद नगरी समान अधिकार दिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र सूचना तथा सञ्चार मन्त्री शेरधन राईको पनि उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ