चैत्र ३ काठमाण्डौं । कंग्रेसका नव निर्वा्चित सभापति शेरबहादुर देउवाले आज आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेल दोस्रो वरियतामा रहनेगरि उहाँसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
पार्टी विद्यान अनुसार सभापति देउवाले पौडेल सहित सभापतिका अर्का उम्मेदवार कृष्ण सिटौला, महामन्त्रीका उम्मेद्वारद्धय अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्र लेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो ।
यस्तै सभापति देउवाले नरहरी आचार्यलाई पनि सदस्यमा मनोनित गर्नुभएको छ । आचार्य विरामी भएपछि महाधिवेशनमा सहभागी हुन सक्नुभएको थिएन । स्वतन्त्र उम्मेदवार कोशाध्यक्षमा पराजित कृष्ण कार्कीलाई भने देउवाले मनोनित गर्नु भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline