औद्योगिक क्षेत्रको विकासमा जोड

औद्योगिक क्षेत्रको विकासमा जोड

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ३ चैत । देशको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने उद्योगमन्त्री शोमप्रसाद पाण्डेयले बताउनु भएको छ ।

मिडिया इन्टरनेसनलको चौथो वार्षिकोत्सवको अवसरमा मन्त्री पाण्डेयले देशमा अब आर्थिक समुन्नतिको आवश्यकता रहेकाले त्यसको लागि उद्योगधन्दाको स्थापना गरी स्वदेशी कच्चा पदार्थको बढीभन्दा बढी प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको हो ।

नेपाली जनाताले सबै हक र अधिकार संविधानमार्फत प्राप्त गरिसकेकाले अबका दिनमा सम्वृद्धिको लडाइँ लड्न उहाँले आग्रह गर्नुभयो । “सरकारले अबको केही वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा एक वटा औद्योगिक क्षेत्रको स्थापना गरी १० लाख मानिसलाई रोजगारी दिने लक्ष्य रहेको छ” उहाँले भन्नु भयो ।

पूर्वअर्थमन्त्री मधुकर समसेर राणाले कृषि उद्योग अबको आवश्यकता रहेको बताउनुभयो । राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नैनबहादुर पण्डित क्षेत्रीले देशमा राजनीतिक अवस्था अस्तव्यस्त भएकाले व्यवसाय फस्टाउन नसकेको गुनासो गर्नुभयो । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निद्रोषले सञ्चार क्षेत्रले अर्थतन्त्र र विकासको बहस गर्नु अबको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा आयोजकको तर्फबाट यस वर्षको लाइफटाइम एचिफमेन्ट अवार्ड पूर्वअर्थमन्त्री मधुकर सम्सेर राणा र प्राध्यापक लाल देउसा राईलाई प्रदान गरिएको छ ।

सोही अवसरमा आर्थिक समाचार लेखेबापत पत्रकारहरु भुवन आचार्य, नवराज चालिसे, द्वारिकाप्रसाद काफ्ले, कुमार खतिवडा र भेषराज बेलवासेलाई सम्मानित गरिएको थियो । व्यवसायितर्फ सिपी शर्मा, डा विनयक राजभण्डारी र रामशरण विश्वकर्मा सम्मानित हुनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ