एजेन्सी । भारतमा जारी विश्व कप क्रिकेटमा आज पाकिस्तानले बंगलादेशमाथि ५५ रनको फराकीलो जीत निकालेको छ ।
शहीद अफ्रीदी र मोहम्मद हाफिजले आक्रामक व्याटीङ गर्दै पाकिस्तानको स्कोर २ सय १ रन बनाएका थिए ।
२० ओभरमा ५ विकेट गुमाएर पाकिस्तानले २ सय १ रन बनाएको थियो ।
२ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेशले राम्रो शुरुवात गरे पनि १ सय ४६ रनमा अलआउट भए पछि उ जीतबाट टाढा पुगेको थियो ।
पाकिस्तानका लागि मोहम्मद हाफिजले ६४, अहमेद शेहजाद, शहीद अफ्रीदी ४९, सर्जील खान १८ र सोएब मल्लिकले १५ रन बनाएका थिए ।
बंगलादेशका लागि साकिब अल हसनले ५०, सविर रहमान २५ र तामिम ईकबालले २४ रन बनाए भन्ने अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
दोस्रो खेलमा अहिले ईङल्याण्ड र वेष्ट ईन्डिज बीच प्रतिस्पर्धा हुदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline